Main News

दाङको देउखुरी–भालुवाङ क्षेत्रमा तत्कालका लागि जग्गा किनबेचमा रोक

हिमालय टिभी
२०७७ असोज १७ गते ७:४४
दाङको देउखुरी–भालुवाङ क्षेत्रमा तत्कालका लागि जग्गा किनबेचमा रोक

१७ असोज, २०७७। दाङ । दाङको देउखुरी–भालुवाङ क्षेत्रलाई प्रदेश ५ को स्थायी राजधानी प्रस्ताव गरिएपछि मूल्य अस्वभाविक बढ्ने आशंकामा तत्कालका लागि जग्गा किनबेचमा रोक लगाइएको छ।

प्रदेश पाँच सरकारले प्रदेश राजधानी प्रस्ताव गरेको दाङका दुई र अर्घाखाँचीको एक पालिकामा जग्गा किनबेचमा रोक लगाएको हो।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मातपोत कार्यालय दाङ, लमही र अर्घाखाँचीमा पत्राचार गर्दै अर्को आदेश नहुँदासम्मका लागि सो क्षेत्रको जग्गा किनबेच र कित्ताकाटमा रोक लगाएको हो।

दाङको राप्ती गाउँपालिकाको पूरै, गढवा गाउँपालिकाको वडा नम्बर १, २ र ३ तथा अर्घाखाँची जिल्लाको शीतगंगा नगरपालिकाको वडा नम्बर ८ र ९ को जग्गा किनबेचमा रोक लगाइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रशासन महाशाखाका सचिव भरतमणि सुवेदीले जानकारी दिनुभयो ।

सो क्षेत्रमा प्रदेश राजधानीका संरचरना बनाउन जग्गाको अभाव नहोस् र जग्गाको अस्वभाविक कारोबार नबढोस् भनेर यस्तो निर्णय गरिएको कार्यालयले जनाएको छ ।

यसअघि दाङको बेलझुण्डी क्षेत्रमा प्रदेश राजधानीको चर्चा भएपछि त्यस क्षेत्रमा जग्गाको अस्वाभाविक कारोबार भएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *