विदेश

अर्जेन्टिनामा एकैदिन विश्वमै धेरै कोरोना संक्रमितको मृत्यु

हिमालय टिभी
२०७७ असोज १६ गते १३:५४
अर्जेन्टिनामा एकैदिन विश्वमै धेरै कोरोना संक्रमितको मृत्यु

१६ असोज, २०७७ काठमाडौं । अर्जेन्टिनामा एकैदिन विश्वमै धेरै कोरोना संक्रमितको मृत्यु भएको छ । त्यहाँ पछिल्लो पटक एकैदिन ३ हजार ३ सय ५२ जनाको ज्यान गएको छ ।

अर्जेन्टिनाको स्वास्थ्य विभागका अनुसार व्युनर्स आयर्स राज्यमा सबैभन्दा धेरैको मृत्यु भएको छ । विश्वका कुनै पनि देशमा कोरोना संक्रमणबाट मृत्यु भएको यो अहिलेसम्मकै उच्च संख्या हो ।

योसँगै विश्वमा पनि एकैदिन अहिलेसम्मकै धेरै झण्डै ९ हजारको ज्यान गएको छ । छिमेकी मुलुक भारतमा ११ सय मृतक थपिएका छन् ।

यस्तै अमेरिकामा ९२० र ब्राजिलमा थप ८ सय ५ जनाको मृत्यु भएको छ । विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० लाख २७ हजार भन्दा बढि पुगेको छ ।

यस्तै पछिल्लो पटक एकैदिन विश्वमा तीन लाख १९ हजारभन्दा बढी संक्रमित थपिएका छन् । यो संख्या एकैदिन थपिएको अहिलेसम्मको दोस्रो उच्च हो । सबैभन्दा धेरै भारतमा साढे ८१ हजार नयाँ संक्रमित भेटिएका छन् ।

भारतमा संक्रमितको संख्या ६४ लाख नजिक छ । अमेरिकामा ४७ हजार र ब्राजिलमा ३५ हजार संक्रमित थपिएका छन् । अर्जेन्टिना, फ्रान्स, स्पेन, बेलायत लगायतका मुलुकमा पनि संक्रमण बढेको छ । विश्वभर संक्रमितको संख्या ३ करोड ४५ लाख पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *