अमेरिकी राष्ट्रपति ट्रम्प दम्पतीलाई कोरोना संक्रमण पुष्टि

१६ असोज, २०७७ न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना संक्रमण भएको छ । उनीसँगै प्रथम महिला मेलानिया ट्रम्पलाई पनि संक्रमण पुष्टि भएको छ ।
ट्विटरमार्फत् राष्ट्रपति ट्रम्पले मेलेनिया र आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन् । रिपोर्ट आएपछि उनीहरु अहिले क्वारन्टिनमा बसेका छन् ।
त्यसअघि ट्रम्पका निजी सल्लाहकार होप हिक्समा पनि संक्रमण देखिएको थियो । सल्लाहकारमा संक्रमण देखिएपछि आफु र मेलेनियाले परीक्षण गराएको ट्रम्पले बताएका छन् ।
अहिले दुबैको स्वास्थ्यमा कुनै समस्या नरहेको ह्वाइट हाउसलाई उद्धृत गर्दै अमेरिकी संचारमाध्यमले जनाएका छन् । राष्ट्रपतिय चुनाव हुन एक महिना मात्रै बाँकी रहँदा ट्रम्पमा कोरोना संक्रमण भएको हो ।
दोस्रो कार्यकालका लागि पनि उम्मेद्धवार बनेका उनी अब १४ दिनसम्म क्वारन्टिनमा बस्नेछन् । ट्रम्प सरकारले कोरोनाविरुद्ध प्रभावकारी कदम नचालेको भन्दै अमेरिकामै चर्को आलोचना हुने गरेको छ ।
ट्रम्पले मास्क लगाउन समेत अश्विकार गर्दै आएका थिए । उनले बहसका क्रममा पनि प्रतिद्धन्दी जो बाइडेनलाई मास्क लगाएकोमा मजाक उडाएका थिए ।
प्रतिक्रिया