कोरोना संक्रमित महिलाले जन्माइन् शल्यक्रियामार्फत शिशु

हिमालय टिभी
२०७७ असोज १६ गते १३:३६
कोरोना संक्रमित महिलाले जन्माइन् शल्यक्रियामार्फत शिशु

१६ असोज, २०७७, झापा । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड नाइन्टिन अस्पतालमा झापाकी कोरोना संक्रमित महिलाले शिशु जन्माएकी छन् ।

झापाकी २९ वर्षीया गर्भवती महिलाको शल्यक्रियामार्फत प्रसुति गराइएको अस्पतालका डाक्टर मनोजकुमार शाहले जानकारी दिनुभयो । संक्रमित गर्भवतीलाई बुधबार अस्पताल भर्ना गरिएको थियो ।

अहिले आमा र बच्चाको स्वास्थ्य सामान्य रहेको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानको कोभिड अस्पतालमा संक्रमित महिलाको प्रसुति गराइएको यो दोस्रो पटक हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *