Political Hightlights

सत्तारुढ नेकपाको सचिवालय बैठक भोलि बस्ने

हिमालय टिभी
२०७७ असोज १६ गते १३:१२
सत्तारुढ नेकपाको सचिवालय बैठक भोलि बस्ने

१६ असोज, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक भोलि दिउँसो बस्ने भएको छ ।

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज भएको भेटमा सचिवालय बैठक बोलाउने सहमति भएको हो ।

शनिबार दिउँसो ४ बजे बस्नेगरी बैठक बोलाइएको हो । भोलिको सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठन र संवैधानिक आयोगमा नियुक्तिबारे छलफल हुनेछ ।

बैठकमा हिजो सरकारले गरेको नियुक्तिबारे समेत छलफल हुने नेताहरुले बताएका छन् ।

सरकारले शंकरदास बैरागीलाई मुख्य सचिव बनाउँदै पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिका र निवर्तमान मुख्यसचिव लोकदर्शन रेग्मीलाई बेलायतका लागि राजदूत सिफारिस गरेको थियो ।

यी निर्णयलाई लिएर नेकपामा चर्को असन्तुष्टि देखिएको छ । सरकारी नियुक्तिबारे पार्टीमा छलफल हुनुपर्ने निर्णय विपरीत प्रधानमन्त्री एकलौटी रुपमा अघि बढेको भन्दै नेकपाका अरु नेता असन्तुष्ट छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्