Political Hightlights

प्रधानमन्त्रीले थाहै नदिई राजदूत नियुक्त गरेको भन्दै नेकपामा बढ्यो असन्तुष्टि

हिमालय टिभी
२०७७ असोज १५ गते १८:१८
प्रधानमन्त्रीले थाहै नदिई राजदूत नियुक्त गरेको भन्दै नेकपामा बढ्यो असन्तुष्टि

१५ असोज, २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले थाहै नदिई राजदूत सिफारिस गरेको भन्दै सत्तारुढ नेकपा भित्र असन्तुष्टि देखिएको छ ।

सरकारका महत्वपूर्ण निर्णयहरु पार्टीसँग छलफल गरेर गर्ने सचिवालय र स्थायी कमिटीका निर्णय विपरीत अध्यक्षसमेत रहेका प्रधानमन्त्री अ‍ोलीले तीन देशका लागि राजदूत सिफारिस गरेपछि नेकपामा असन्तुष्टि बढेको हो ।

अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सचिवालयका अरु सदस्यसँग छलफल नै नगरी राजदूत सिफारिस गरिएको भन्दै नेताहरुले असन्तुष्टि जनाएका छन्।

मन्त्रिपरिषद् पुनः गठनका विषयमा दुई अध्यक्षबीच कुरा नमिलिरहेका बेला ओलीले फेरि एकलौटी गर्न थालेको प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय नेताको आशंका छ ।

प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल निकट नेताहरुले ओलीले छलफल नै नगरी सिफारिस गरेको भन्दै यसबारे बुझ्ने काम भैरहेको बताएका छन् ।

भदौ २६ गते स्थायी कमिटीले पारित गरेको दुई अध्यक्षको प्रस्तावमा सरकारका महत्वपूर्ण नियुक्ति पार्टीमा सल्लाह गरेर मात्र गर्ने भन्ने उल्लेख थियो। तर,एक महिना पनि नपुग्दै ओलीले त्यसको उल्लंघन गरेको आरोप लागेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्