Political Hightlights

सरकारविरुद्ध आन्दोलनमा उत्रने कांग्रेसको तयारी, संसदको विशेष अधिवेशन माग गर्ने

हिमालय टिभी
२०७७ असोज १४ गते १५:१७
सरकारविरुद्ध आन्दोलनमा उत्रने कांग्रेसको तयारी, संसदको विशेष अधिवेशन माग गर्ने

१४ असोज, २०७७ काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस सरकारविरुद्ध आन्दोलनमा उत्रिने तयारी गरेको छ । कांग्रेसले संसदको विशेष अधिवेशन बोलाउन माग गर्ने तयारी समेत गरेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको संस्थापन पक्षका शीर्ष नेताको बैठकले सदन र सडकबाट सरकारका गलत कामको प्रतिवाद गर्ने गरी संसदको विशेष अधिवेशन माग गर्ने निर्णय गरेको हो ।

सहमहामन्त्री डा. प्रकाशशरण महतका अनुसार असोज १९ गतेको केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक बोलाएर संसदको विशेष अधिवेशन माग गर्ने निर्णय भएको छ ।

बैठकमा महाधिवेशनको कार्यतालिका, भ्रातृ संस्थाको अवधि बढाउने निर्णय अनुमोदन र तत्कालीन राप्रपाका नेता सुनिलबहादुर थापासहित काँग्रेस प्रवेश गरेका नेताको व्यवस्थापन र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टी कार्यालयमा दर्ता गराएको विरोधपत्रका बारेमा पनि छलफल भएको छ।

पौडेल समूहले दर्ता गराएको विरोध पत्रबारे केन्द्रीय कार्यसमिति बैठकमा जवाफ दिने देउवा पक्षको तयारी छ । छलफलमा उपसभापति विमलेन्द्र निधि, विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खण्ड्का, सहमहामन्त्री महत, नेता गोपालनमान श्रेष्ठ र एनपी साउद सहभागी हुनुहुन्थ्यो ।

गत सार १८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता संकट टार्न हतारमा अधिवेशन अन्त्यका लागि राष्ट्रपतिलाई सिफारिस ‍गर्नुभएको थियो ।

संसद अधिवेशन अन्त्य भएपछि गत असार २४ गते जनता समाजवादी पार्टी र कांग्रेसबीच संसद्को विशेष अधिवेशन बोलाउने विषयमा छलफल भएपनि कोरोनाको कारण पछि हटेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्