ज्येष्ठ नागरिक र आशक्तको स्वाब संकलन गर्न घरघरमै ‘मोबाइल घुम्ती सेवा’(भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज १४ गते १५:०३
ज्येष्ठ नागरिक र आशक्तको स्वाब संकलन गर्न घरघरमै ‘मोबाइल घुम्ती सेवा’(भिडियोसहित)

१४ असोज, २०७७, विराटनगर । विराटनगर महानगरपालिकाले जेष्ठ नागरिक र अशक्त व्यक्तिको कोरोना परीक्षणका लागि घरघरमै पुगेर स्वाब संकलन गर्न ‘मोबाइल घुम्ती सेवा’सञ्चालन गरेको छ ।

समुदायस्तरमा कोरोना संक्रमण फैलिएको विराटनगरभित्र हिँडडुल गर्न नसक्ने र दीर्घरोगीका लागि मोबाइल स्वाब भ्यानमार्फत स्वाब संकलनको कार्य थालेको हो ।

कोरोनासँग मिल्दोजुल्दो शंकास्पद लक्षण देखिएका जेष्ठ नागरिक र अशक्तका लागि घरमा पुगेर विराटनगर महानगरपालिकाका स्वास्थ्यकर्मीको टोलीले स्वाब संकलन गर्न थालेको छ । मोबाइल घुम्ती सेवामार्फत संकलन गरिएको ज्येष्ठ नागरिक र अशक्तको स्वाब परीक्षण गर्न प्रदेश जनस्वास्थ्य ल्याबमा पठाउने व्यवस्था मिलाएको छ।

हुलास कम्पनीले ४ लाख लागतमा मोबाइल स्वाब भ्यानको निर्माण गरिदिएको हो । वातानुकुलित भ्यानमा सेन्सर सेनिटाइजर,भित्रैबाट बाहिर निर्देशन दिन सकिने व्यवस्थासहितको सुविधा छ ।

रोटरी क्लब अफ विराटनगरको सहयोगमा निर्माण भएको मोबाइल स्वाब भ्यानको विराटनगर महानगरपालिकालाई हस्तान्तरण गरिएको थियो । रोटरी क्लब अफ विराटनगर र महानगरको यसमा आधा आधा लगानी परेको छ ।

महानगरले कन्टयाक ट्रेसिङ र हिँडडुलमा समस्या हुने ज्येष्ठ नागरिक, दिर्घरोगी र अशक्तको घरमा पुगेर स्वाब संकलन लिन सुरू गरेसगै ज्येष्ठ नागरिक र अशक्तलाई राहत पुग्ने महानगरपालिको विश्वास छ ।

मोबाइल स्वाब भ्यान सञ्चालनमा आएसँगै विशेष अवस्थाका व्यक्तिहरुले स्वाब दिन स्वाब संकलन केन्द्रसम्म धाउनुपर्ने समस्या हटेको छ।

विराटनगर महानगरपालिकाले स्वाब संकलन गर्ने जैन भवनमा मेडिकल अधिकृतको नेतृत्वमा दुई टिम बनाएको छ । एउटा टिमले दुई साता स्वाब संकलन गरेर परीक्षणमा पठाएपछि त्यो टिम क्वारन्टिनमा बस्छ भने अर्को टिमले काम गर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *