Political Hightlights

बामदेव गौतमलाई सरकारमा लैजाने विषयमा नेकपामा किचलो शुरु

हिमालय टिभी
२०७७ असोज १३ गते ७:४०
बामदेव गौतमलाई सरकारमा लैजाने विषयमा नेकपामा किचलो शुरु

१३ असोज, २०७७ काठमाडौं । नेकपा उपाध्यक्ष वामदेव गौतमलाई सरकारमा लैजाने विषयमा पार्टीमा फेरि किचलो सुरू भएको छ। जसका कारण मन्त्रिपरिषद पुनर्गठनमा पनि ढिलाइ भएको छ।

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले सोमबारसम्ममा मन्त्रिपरिषद पुनर्गठन गर्न चाहे पनि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने गौतमका विषयमा अदालतमा विचाराधीन मुद्दाको टुंगो नलागुन्जेल पर्खन आग्रह गर्नु भएको छ ।

प्रचण्डको आग्रहपछि प्रधानमन्त्री ओली पछि हटेको बुझिएको छ । उपाध्यक्ष गौतमविरुद्धमा सर्वोच्च अदालतमा परेको रिटको असोज १४ गते सुनुवाई हुँदैछ। राष्ट्रपतिबाट मनोनित भएर राष्ट्रिय सभा सदस्यको सपथ लिएका गौतमलाई सर्वोच्च अदालतले थप संवैधानिक जिम्मेवारी नदिनू भनेको छ।

प्रधानमन्त्री ओली बामदेवलाई सरकारमा लैजाने पक्षमा हुनुहुन्न । त्यसैले अदालतले अन्तरिम आदेश दिएको समय छानेर उहाँले मन्त्रिमण्डलमा फेरबदल गर्न चाहनु भएको छ ।

प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल भने गौतमको चाहनाअनुसार उहाँलाई सरकारमा लैजाने पक्षमा हुनुहुन्छ । मन्त्री हेरफेरको मोडालिटिमा पनि सहमति नहुँदा पुनर्गठनमा ढिलाइ भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्