Main News
सशस्त्र प्रहरीका गोताखोरका लागि प्रोत्साहन भत्ता र विशेष बीमाको व्यवस्था
२०७७ असोज १२ गते १८:३५
१२ असोज, २०७७ काठमाडौं । सरकारले सशस्त्र प्रहरीका गोताखोरका लागि प्रोत्साहन भत्ता र विशेष बीमाको व्यबस्था गर्ने निर्णय गरेको छ ।
सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पत्रकार सम्मेलन गरी मन्त्रिपरिषदको यही असोज ८ गते बसेको बैठकले गोताखोरका लागि दैनिक ३ सयका दरले भत्ता र १० लाखको बीमा गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।
यसैगरी सरकारले एशियाली विकास बैंकबाट करिब १८ अर्ब नेपाली रुपयाँ बराबरको सहुलियत ऋण स्वीकार गर्ने निर्णय पनि गरेको छ।
यसैगरी, बैठकले अब ७ वटै प्रदेशमा कृषि केन्द्र स्थापना गर्न नेपाल सरकार र इजरायल सरकारबीच एमओयू गर्न स्वीकृत गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया