Main News

अध्यादेश जारी भएसँगै नेपाल प्रहरीलाई प्रदेशमा सायोजन गर्ने बाटो खुल्यो

हिमालय टिभी
२०७७ असोज १२ गते १८:३०
अध्यादेश जारी भएसँगै नेपाल प्रहरीलाई प्रदेशमा सायोजन गर्ने बाटो खुल्यो

१२ असोज, २०७७ काठमाडौं । प्रहरीको समायोजनका लागि सरकारले नेपाल प्रहरी तथा प्रदेश प्रहरी अध्यादेश जारी गरेको छ ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय सम्बन्धी पहिलो संशोधन अध्यादेश जारी गरेसँगै नेपाल प्रहरीलाई प्रदेशमा समायोजन गर्ने बाटो खुलेको छ ।
अध्यादेशले उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरलाई स‌ंघीय सरकार मातहत राखेको छ । प्रहरी नायब महानिरीक्षक डीआईजीको कमाण्ड गर्ने महानगरीय प्रहरी कार्यालय, रानीपोखरीको नाम भने फेरिएर संघीय राजधानी प्रहरी कार्यालय बनेको छ ।

उपत्यकाका तीन जिल्ला प्रदेश मातहत राख्ने कि संघ मातहत राख्ने भन्नेमा विवाद भएपछि समायोजनसम्बन्धी खाका मन्त्रिपरिषदबाट स्वीकृत हुन सकेको थिएन ।

तर प्रधानमन्त्री केपी शर्मा ओलीले गत साउनमा प्रहरी समायोजनसम्बन्धी समन्वय समितिका पदाधिकारीसँग छलफल गरेर उपत्यका प्रहरी कार्यालयलाई संघीय सरकार मातहत राख्न सहमत गराउनु भएको थियो ।

अब महानगरीय अपराध महाशाखाको नाम पनि संघीय राजधानी अपराध अनुसन्धान कार्यालय भएको छ भने यसका ८ वटा शाखा कार्यालय रहने व्यवस्था छ । सबै कार्यालय प्रहरी नायब उपरीक्षक डीएसपीको नेतृत्वमा रहनेछन् ।

महानगरीय प्रहरी परिसर र महानगरीय प्रहरी वृत्त पनि अब संघीय राजधानी प्रहरी कार्यालय र संघीय राजधानी प्रहरी वृत्त बन्ने छन् । मन्त्रिपरिषदले समायोजनको खाका स्वीकृत गरेपछि प्रहरीको समायोजन सुरु हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *