Main News

विराटनगरमा उपचाररत थप एक जना कोरोना संक्रमितको मृत्यु

हिमालय टिभी
२०७७ असोज १२ गते १७:३६
विराटनगरमा उपचाररत थप एक जना कोरोना संक्रमितको मृत्यु

१२ असोज, २०७७, विराटनगर । विराटनगरमा सोमबार दिउँसो थप एक जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ ।

झापाको गौरादह–१ घर भएका ५१ वर्षीय पुरुषको दिउँसो १ बजे नोबेल शिक्षण अस्पतालको आइसोलेसनमा मृत्यु भएको हो ।

अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालका अनुसार गत मंगलबारदेखि आइसोलेसनमा भर्ना गरेर संक्रमित पुरुषको उपचार थालिएको थियो ।

श्वासप्रश्वासमा समस्या भएको भन्दै ती पुरुषलाई असोज ३ गते शनिबार उपचारका लागि नोबेल ल्याइएको हो ।

स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा मंगलबार रिपोर्ट पोजेटिभ आएर कोरोना पुष्टि भएपछि तत्काल अस्पतालकै आइसोलेसनमा भर्ना गरिएको दाहालले बताउनुभयो ।

आइसोलेसनमै उपचारका क्रममा संक्रमित पुरुषको मृत्यु भएको जानकारी उनले दिए । चिकित्सकलाई उधृत गर्दै दाहालले दिएको जानकारी अनुसार मृतकमा मधुमेह, उच्च रक्तचाप र कलेजोसम्बन्धी पुरानै समस्या थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *