Main News

डा. केसीका सहयोगीमाथि ज्यादती भएको भन्दै मानव अधिकार आयोगमा उजुरी

हिमालय टिभी
२०७७ असोज १२ गते १७:०४
डा. केसीका सहयोगीमाथि ज्यादती भएको भन्दै मानव अधिकार आयोगमा उजुरी

१२ असोज, २०७७ काठमाडौं । डाक्टर गोविन्द केसीका सहयोगीले प्रहरी प्रशासनले ज्यादती गरेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दर्ता गरेका छन् ।

डाक्टर केसीको समर्थनमा शनिबार भएको शान्तिपूर्ण भेलाबाट विना कारण पक्राउ गरेको ,पक्राउ पर्नुको कारणबारे जानकारी नदिइएको, दिनभर हिरासतमा राखेर बन्धक बनाएको भन्दै उनीहरुले उजुरी दर्ता गराएका हुन् ।

डाक्टर केसीका सहयोगीले काठमाडौं प्रहरी परिसरका प्रमुख श्याम ज्ञावाली लगायत घटनाका दोषी उपर कारबाहीको माग सहित आयोगमा उजुरी दर्ता गराएको डाक्टर केसीका सहयोगी प्रितम सुवेदीले जानकारी दिनुभयो ।

चिकित्सा शिक्षा सुधारका माग राख्दै अनसनरत डाक्टर गोविन्द केसीको जीवन रक्षाको लागि सरकारलाई दबाब दिँदै शनिवार माइतीघर मण्डलामा प्रदर्शन गर्न पुगेका युवालाई प्रहरीले पक्राउ गरेको थियो ।

डाक्टर केसी पटक पटक अनशन बसे पनि माग पूरा गराउन सरकारले कुनै पहल नगरेको भन्दै उनीहरुले प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *