Main News

उपत्यकामा ८१७ सहित १३५१ कोरोना संक्रमित थपिए, थप चार जनाको मृत्यु

हिमालय टिभी
२०७७ असोज १२ गते १६:३६
उपत्यकामा ८१७ सहित १३५१ कोरोना संक्रमित थपिए, थप चार जनाको मृत्यु

१२ असोज, २०७७ काठमाडौं । आज नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप २ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ८१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ महिला र २ जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो । आज सुनसरीमा ३८ वर्षीया र भक्तपुरमा ५१ वर्षीया महिलाको मृत्यु भएको छ । यस्तै बाँकेमा ४७ वर्षीय र गुल्मीमा ३४ वर्षीय महिलाको मृत्यु भएको छ ।

आज नेपालमा १३ सय ५१ जनामा कोरोना संक्रमण देखिएको छ । १० हजार ८० पीसीआर परीक्षण भएकोमा ४ सय ३६ महिला र ९ सय १५ जना पुरुषमा संक्रमण देखिएको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा ६ सय ४९, ललितपुरमा १ सय ३२ र भक्तपुरमा ४० जनामा संक्रमण देखिएको छ । यो सँगै नेपालमा कुल संक्रमितको सख्या ७४ हजार ७ सय ४५ पुगेको छ ।

आज देशभरी सक्रिय संक्रमित १९ हजार ६ सय २४ जना रहेका छन । देशभरीका संस्थागत आइसोलेसनमा आजसम्म प्रदेश नम्बर १ मा १ सय ९०, प्रदेश नम्बर २ मा ९ सय २६, बागमती प्रदेशमा ५ हजार ७ सय २ र गण्डकी प्रदेशमा ४ सय १९ जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ५ सय ७२, कर्णाली प्रदेशमा ३ सय ६२ र सुदूरपश्चिम प्रदेशमा ५ सय २४ गरी देशभरी ८ हजार ६ सय ९५ जना रहेका छन् ।

यस्तै होम आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार ४ सय ३४, प्रदेश नम्बर २ मा ७ सय २५, बागमती प्रदेशमा ६ हजार ३ सय ४९ र गण्डकी प्रदेशमा ४ सय ८९ जना रहेका छन् ।

यस्तै प्रदेश नम्बर ५ मा १ हजार ५ सय ४१, कर्णाली प्रदेशमा २ सय ४२ र १ सय ४९ गरी देशभरी १० हजार ९ सय २९ जना संक्रमित होम आइसोलेसनमा रहेका छन् । आइसियुमा २ सय २५ र भेन्टिलेटरमा ३१ जना संक्रमित उपचाररत रहेका छन् ।

आज ७ सय ४२ जना संक्रमित निको भएर घर फर्किएका छन । आजसम्म प्रदेश नम्बर १ मा ५ हजार २६, प्रदेश नम्बर २ मा १३ हजार १ सय ७६, बागमती प्रदेशमा १५ हजार २ सय १५ र गण्डकी प्रदेशमा ३ हजार २ सय ८५ जना डिस्चार्ज भएका छन् ।

यस्तै प्रदेश नम्बर ५ मा ८ हजार ४ सय ६७, कर्णाली प्रदेशमा २ हजार ८ सय ५५ र सुदूरपश्चिम प्रदेशमा ६ हजार ६ सय १६ गरी देशभरी ५४ हजार ६ सय ४० जना संक्रमित डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *