Political Hightlights

देउवाविरुद्ध असन्तुष्ट पक्ष झनै आक्रामक, माग सम्बोधन नभए आन्दोलनमा उत्रने चेतावनी

हिमालय टिभी
२०७७ असोज १२ गते १५:०६
देउवाविरुद्ध असन्तुष्ट पक्ष झनै आक्रामक, माग सम्बोधन नभए आन्दोलनमा उत्रने चेतावनी

१२ असोज, २०७७ काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध असन्तुष्ट पक्ष थप आक्रामक भएको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पछिल्ला निर्णय खारेजीको माग गर्दै हस्ताक्षर बुझाएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डाक्टर शशांक कोइराला सहित २७ जनाको हस्ताक्षर केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले पार्टी कार्यालय सानेपा पुगेर मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत् देउवालाई बुझाउनुभएको छ ।

असोज १९ गते बोलाइएको केन्द्रीय कार्यसमिति बैठक अगाडि सम्बोधन गर्ने तदारुकता नदेखाए विरोध कार्यक्रम सुरु गर्ने यो समूहको चेतावनी छ ।

पार्टीलाई विधान अनुसार चलाउँदै १४ औं महाधिवेशन स्वच्छ, निष्पक्ष गर्ने वातावरण सिर्जना गर्न उनीहरूले माग गरेका छन् । पौडेल समूहले विभागदेखि भातृ संस्थाका म्याद थप खारेजीको माग राखेका छन् ।

असोज १९ गते बस्ने केन्द्रीय कार्य समिति समिति बैठकमार्फत न्यायपूर्ण र विधिसम्मत समाधान गर्नका लागि गम्भीर हुन माग गरिएको छ ।

सभापति देउवाले माग सम्बोधन नगरे संघर्षका कार्यक्रम गर्न बाध्य हुने पनि असन्तुष्ट पक्षले चेतावनी दिएको छ । सभापति देउवाविरुद्धको हस्ताक्षरमा पार्टीको तेस्रो धारको रुपमा परिचित पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षले भने हस्ताक्षर गरेको छैन ।

डेढ महिनाको झापा बसाईपछि काठमाडौं आएका सिटौलाले वरिष्ठ नेता पौडेललाई भेटेरै आफ्नो कुरा स्पष्टसँग राख्नुभएको थियो ।

सभापति देउवाले पार्टीको १४ औं महाधिवेशन कार्यतालिका घोषणा भएपछि सभापति देउवाले विभाग गठन र मनोनयनलाई जारी राखेपछि पौडेल पक्ष आक्रोशित छ ।
यस्तो छ ज्ञापन पत्र

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्