Main News

सरकारको निर्देशन नमान्ने निजी ल्याबहरुको घोषणा, ३ हजार ८ सय ९९ लिएरै छाड्ने

हिमालय टिभी
२०७७ असोज १२ गते १४:४५
सरकारको निर्देशन नमान्ने निजी ल्याबहरुको घोषणा, ३ हजार ८ सय ९९ लिएरै छाड्ने

१२ असोज, २०७७ काठमाडौं । कोरोना परीक्षणमा चर्को शुल्क असुल्दै आएका निजी प्रयोगशालाले सरकारको निर्देशन नमान्ने घोषणा गरेका छन् ।

८ वटा ल्याबले संयुक्त वक्तव्य निकालेर आरटी–पीसीआर टेष्टको शुल्क ३ हजार ८ सय ९९ रुपैयाँ लिने घोषणा गरेका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर टेष्टको शुल्क २ हजार तोकेर त्यति मात्रै लिन भनेको थियो । तर निजी प्रयोगशालाले चर्को शुल्क लिँदै आएका छन् ।

स्टार, ह्याम्स, बी एण्ड बी, मेडिसिटी, डिकोड, सौर्य, सेन्ट्रल डायगनोस्टिक र इन्ट्राप्रिड प्रयोगशालाले संयुक्त वव्यक्त निकालेर ३ हजार ८ सय ९९ रुपैयाँ शुल्क लिने बताएका छन् ।

विश्व श्वास्थ्य संगठनको मापदण्ड बमोजिम यो शुल्क यथार्थपरक रहेको समेत उनीहरुको दाबी छ ।

स्वास्थ्य मन्त्रालयले कोरोना परीक्षण शुल्क निर्धारण गर्दा न्यायोचित दररेटमा गर्नुपर्ने निजी प्रयोगशालाको माग छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *