अस्पतालले भर्ना नलिएपछि घरमै बस्न बाध्य कोरोना संक्रमित गर्भवती अस्पताल भर्ना

१२ असोज, २०७७ पर्सा । अस्पतालले भर्ना लिन नमानेपछि घरमै बसिरहेको पर्साकी एक गर्भवतीलाई नारायणी अस्पतालमा भर्ना गरिएको छ ।
कोरोना संक्रमितकै उपचार गर्ने नेसनल मेडिकल कलेज कोभिड अस्पतालसहित वीरगञ्जका कुनै पनि अस्पतालले भर्ना लिन नमानेको समाचार प्रशारण भएपछि नारायणी अस्पतालले उनको उपचारमा चासो दिएको हो ।
घरमै कृत्रिम अक्सिजन लिएर बस्न बाध्य भएकी गर्भवतीलाई नारायणी अस्थायी कोरोना अस्पतालमा भर्ना गरिएको हो ।
आठ महिनाकी गर्भवती महिला कोरोना संक्रमित भएको वीरगञ्जका स्वास्थ्य संस्था चिकित्सक प्रहरी प्रशासन सबैलाई जानकारी थियो ।
तर पनि उपचार गर्न कोही अघि नसरेपछि वीरगञ्ज महानगरपालिका वडा नम्बर २४ रामगढवाकी २६ वर्षीया महिला घरमै आइसोलेसनमा बसेकी थिइन् ।
यो पनि पढ्नुस्
कोरोना संक्रमित गर्भवतीको पीडाः अस्पतालले भर्ना नलिएपछि घरमै अक्सिजनको भर (भिडियोसहित)
प्रतिक्रिया