Main News
उद्योग वाणिज्य महासंघका उपाध्यक्ष ढकाललाई कोरोना संक्रमण पुष्टि
२०७७ असोज १२ गते १२:४३
१२ असोज, २०७७ काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाललाई कोरोना संक्रमण पुष्टि भएको छ।
सामाजिक सञ्जालमार्फत आफूलाई संक्रमण पुष्टि भएको ढकालले जानकारी गराउनु भएको हो । जनस्वास्थ्यका मापदण्डहरु पालना गर्न सतर्कता र सजगता अपनाइरहेको भएपनि आइतबार गरिएको परीक्षणको रिपोर्ट आज पोजेटिभ आएको ढकालको भनाइ छ ।
उहाँले आफ्नो स्वास्थ्यमा कुनै समस्या नरहेको र अहिले सामान्य अवस्थामै घरमा सुरक्षित आइसोलेसनमा बसिरहेको बताउनु भएको छ ।
त्यस्तै केही दिनयता आफ्नो सम्पर्कमा आउनुभएका सबैलाई सुरक्षित रहन र आवश्यक स्वास्थ्य सजगता अपनाउनु हुन उहाँको आग्रह छ ।
प्रतिक्रिया