Main News

चीनका लागि नेपाली राजदूत पाण्डेले भने-नेपाल र चीनबीच कुनै सीमा विवाद छैन

हिमालय टिभी
२०७७ असोज १२ गते ९:३२
चीनका लागि नेपाली राजदूत पाण्डेले भने-नेपाल र चीनबीच कुनै सीमा विवाद छैन

१२ असोज, २०७७ काठमाडौं । चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेले दुई देशबीच अहिले कुनै पनि सीमा समस्या नरहेको बताउनुभएको छ ।

चीन सरकारको मुखपत्र ग्लोबल टाइम्सलाई दिएको एक अन्तर्वार्तामा राजदूत पाण्डेले चीनसँग पहिला केही समस्या भएपनि चाउ यन लाय चीनको प्रधानमन्त्री भएको समयमा दुवै मुलुक बसेर ती समस्या समाधान गरेको बताउनुभएको हो ।

राजदूत पाण्डेले वर्तमानमा कुनै समस्या नरहेको दाबी समेत गर्नुभएको छ ।

हुम्लामा चिनियाँ पक्षले नेपाली भूभागमा भवन बनाएको भनी विभिन्न रिपोर्टहरु आइरहेको समयमा चीनका लागि नेपाली राजदूतको सो प्रतिक्रिया आएको हो ।

अन्तर्वार्तामा राजदूत पाण्डेले भारतले नेपालको केही भूभागमा कब्जा जमाएको बताउनुभएको छ ।

सन् १९६२ मा भारत–चीन युद्धपछि नेपालको कालापानी क्षेत्रमा भारतीय सेना अस्थायी रुपमा बसेको र हालसम्म पनि उक्त भूमि नछाडेकाले समस्या पैदा भएको पाण्डेले बताउनुभएको छ । तस्वीरः ग्लोबल टाइम्स

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *