बलात्कार प्रयासको प्रतिकार गर्दा सुनसरीमा १२ वर्षीया बालिकाको हत्या

हिमालय टिभी
२०७७ असोज ११ गते १८:४७
बलात्कार प्रयासको प्रतिकार गर्दा सुनसरीमा १२ वर्षीया बालिकाको हत्या

११ असोज, २०७७, विराटनगर । सुनसरीको बराहक्षेत्रमा बलत्कारीविरुद्ध प्रतिकारमा उत्रिँदा आफन्तबाट एक बालिकाको हत्या भएको छ ।

बराहक्षेत्र नगरपालिका–१ कटहरेकी १२ वर्षीया मिना राईको नाताले मामा पर्ने रञ्जीत राईले बलात्कारको प्रयासपछि प्रतिकार गर्दा बालिकाको हत्या गरेको खुलेको छ। शनिबार राति आफनै घरमा बालिका मृत अवस्थामा फेला परेकी थिइन्।

सुनसरी प्रहरीले घटनामा संलग्न १५ वर्षीय रञ्जीतलाई आइतबार पक्राउ गरेको छ । धरानस्थित संघीय प्रहरी इकाई कार्यालयबाट ‘लैला’ नामको तालिम प्राप्त कुकुर लगेर अनुसन्धान गर्दा कुकुर घटनास्थलदेखि रञ्जितको घरसम्म पुगेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

प्रहरीमा रञ्जीतले दिएको बयान अनुसार मिना राईलाई बलात्कार प्रयासपछि उनले प्रतिकार गरेपछि आफूले मिनाको घाँटी थिचेर हत्या गरेको बताएका छन् ।

रञ्जीतले प्रहरी समक्ष दिएको बयान अनुसार आफूले बलात्कारको प्रयास गर्दा मिनाले प्रतिकार गरेकी थिइन् । मिनाले प्रतिकार गर्ने क्रममा रञ्जीतको हात टोकेपछि आक्रोशमा आएर आफूले बियरको बोतलले टाउकोमा प्रहार गरी घाँटी थिचेर हत्या गरेको बताएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कमल थापाले बताउनुभयो । रञ्जितको हातमा मिनाले टोकेको चोट भेटिएको पनि रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *