Main News

१२ वर्षीया बालिका सम्झनाको बलात्कारपछि हत्या गर्ने बोहरा पक्राउ

हिमालय टिभी
२०७७ असोज ११ गते १८:४२
१२ वर्षीया बालिका सम्झनाको बलात्कारपछि हत्या गर्ने बोहरा पक्राउ

११ असोज, २०७७, बझाङ । बझाङको मष्टा गाउँपालिका वडा नंबर २ खिकालाकी १२ वर्षीया सम्झना कामीको बलात्कार पछि हत्या गर्ने स्थानीय राजेन्द्र बोहरालाई प्रहरीले सार्वजनिक गरेको छ ।

बिहीबारर पक्राउ गरिएका २० वर्षीय बोहरालाई जिल्ला प्रहरी कार्यालय बझाङले आज सार्वजनिक गरेको हो ।

गत असोज ७ गते बोहराले सम्झनालाई जंगल नजिकैको मन्दिरमा लगेर बलात्कार गरेको खुलेको छ । बझाङका प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले सम्झनाको बलात्कारपछि हत्या भएको पुष्टि हुने गरी पोस्टमार्टम रिपोर्ट आएको जानकारी दिनुभयो ।

बोहराले यसअघि पनि १३ वर्षीया बालिकामाथि बलात्कार गरेको खुलेको छ । बोहराले स्थानीय अर्की १३ वर्षीया बालिकाको पनि बलात्कार गरेको उजुरी परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

यसमा पनि बोहराविरुद्ध अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्कीले जानकारी दिनुभयो । सम्झनाको शव अझै परिवारले बुझेको छैन । शव जिल्ला अस्पताल चैनपुरमा राखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *