Main News
नार्कको कार्यकारी निर्देशकमा डाक्टर दीपक भण्डारी नियुक्त
२०७७ असोज ११ गते १४:५०

११ असोज, २०७७ काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठकले कृषि अनुसन्धान परिषद् नार्कको कार्यकारी निर्देशकमा डाक्टर दीपक भण्डारीलाई नियुक्त गरेको छ।
केही महिनादेखि निमित्त कार्यकारी निर्देशकका रुपमा कार्यरत् भण्डारीलाई नै निर्देशकमा नियुक्त गरिएको हो ।
६ महिनाअघि डाक्टर भण्डारीलाई कायममुकायम मुकरर गरिएको थियो । ६ महिनाभन्दा बढी कामु बस्न नमिल्ने भएकाले निमित्त बनाइएको थियो ।
यसैगरी, नेपाल र इजरायलबीच कृषि प्रविधि हस्तान्तरणसम्बन्धी सम्झौता हुने भएको छ। बैठकले इजरायलका लागि नेपाली राजदूत डाक्टर अञ्जान शाक्यलाई सम्झौता गर्ने अख्तियार दिएको छ ।
प्रतिक्रिया