Political Hightlights

ओली नेतृत्वको सरकारले देशलाई धरासायी बनायोः अध्यक्ष यादव

हिमालय टिभी
२०७७ असोज १० गते १८:५१
ओली नेतृत्वको सरकारले देशलाई धरासायी बनायोः अध्यक्ष यादव

१० असोज, २०७७ काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले केपी शर्मा ओली नेतृत्वको सरकारले देशलाई धरासायी बनाउँदै लगेको बताउनु भएको छ ।

आज राजधानीमा भएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै यादवले ओली नेतृत्वको सरकारले देशलाई आर्थिक रुपमा धरासायी बनाउँदै लगेको बताउनुभएको हो । कम्युनिष्ट नेतृत्वको सरकारले देशलाई आर्थिक रुपमा मात्रै नभएर आफु पनि राजनीतिक रुपमा धरासायी बन्दै गएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘कम्युनिष्ट पार्टीको सरकार भएका विश्वका अन्य मुलुकहरुमा कम्युनिष्टहरुले मुलुकलाई धरासायी पारे र आफू पनि त्यसरी नै धरासायी भए । अहिले त्यही बाटोमा नेपाल पनि छ । भ्रष्टाचार काण्डैकाण्डमा सरकार फसेको छ । यतिका काण्ड त पञ्चायती समयमा पनि भएका थिएनन् होला ।’’

अध्यक्ष यादवले अहिलेको सरकार र कम्युनिष्ट पार्टीबाट मुकुकको कुनै समस्या हल हुन नसक्ने भएकाले वैकल्पिक शक्तिको आवश्यकता रहेको बताउनुभयो । जनता उपचार र खाना नपाएर मरिरहेको भएपनि सरकारले कुनै वास्ता नगरेको उल्लेख गर्दै उहाँले देशमा वैकल्पिक शक्तिको आवश्यकता रहेको बताउनुभयो ।

लोक समाजवाद (समाजवाद, संघीयता र लोकतन्त्र)को बाटोमा हिड्ने नयाँ राजनीतिक विचार र शक्तिको निर्माण गर्दै मुलुकको भविष्य सुनिश्चित गर्नेतर्फ अगाडी बढ्नुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो । आज राजधानीमा भएको एक कार्यक्रमकाबीच विभिन्न पार्टी परित्याग गरेकाहरु जनता समाजवादी पार्टी प्रवेश गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्