अर्घाखाँचीको शितगंगामा पहिरोका कारण थप डेढ दर्जन घर परिवार विस्थापित

हिमालय टिभी
२०७७ असोज १० गते १३:०५
अर्घाखाँचीको शितगंगामा पहिरोका कारण थप डेढ दर्जन घर परिवार विस्थापित

१० असोज, २०७७, अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिका–१२ मा पहिरो जाँदा उच्च जोखिममा परेपछि थप डेढ दर्जन घर परिवार विस्थापित भएका छन् ।

शितगंगा वडा नम्बर १२ कोठिया मैदानको जोख्ले गैरा, पहरेपानी, मैदान लगायतका स्थानमा हिजो दिउँसो जमिन भासिएर माथिबाट पहिरो खस्दा १७ घर बगाएको थियो ।

गाउँका ३५ घरमध्ये १७ घर बगाएको र बाँकी डेढ दर्जन घर पनि उच्च जोखिममा परेपछि सबै परिवारलाई सुरक्षित स्थानमा सारिएको हो ।

१७ घरमा बस्दै आएका करिब सय जना सबै पहिरोले घर नबगाउँदै भाग्न सफल भएकाले मानवीय क्षति नभएको नगर प्रमुख सुर्यप्रसाद अधिकारीले बताउनुभयो । उनीहरुलाई गौरा माध्यमिक विद्यालयमा राखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *