Political Hightlights

मन्त्रिपरिषद् पुनर्गठन चाँडै गर्ने प्रधानमन्त्री ओलीको संकेत

हिमालय टिभी
२०७७ असोज १० गते ७:३०
मन्त्रिपरिषद् पुनर्गठन चाँडै गर्ने प्रधानमन्त्री ओलीको संकेत

१० असोज, २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन चाँडै गर्ने संकेत गर्नु भएको छ ।

पार्टी सचिवालय बैठक र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको लगातार छलफलपछि प्रधानमन्त्री ओलीले पछिल्लो मन्त्रिपरिषद् बैठकमै पुनर्गठनको समयसीमाबारे सन्देश दिनुभएको हो ।

हिजो साँझ बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्का केही सदस्यको बिदाइ हुन थालेको संकेत गर्दै त्यसका लागि मानसिक रूपमा तयार रहन सन्देश दिनुभएको हो ।

बैठकमा ओलीले पार्टीमा छलफल चलिरहेकाले आफ्नो टिममा रहेका सदस्यमध्ये कतिपयलाई बिदाइ गर्नुपर्ने र कतिपय चाहिँ साथमै रहनुपर्ने स्थिति आउन सक्ने भन्दै मन्त्रिपरिषद् पुनर्गठनमा ढिलाइ नगर्ने सन्देश दिएको एक मन्त्रीले जानकारी दिए ।

प्रधानमन्त्रीले कतिपयलाई क्याबिनेटको हिजोको भेटघाट र बैठक अन्तिम पनि हुन सक्ने भन्दै त्यसलाई अन्यथा हिसाबले नभई सहजीकरणका रूपमा लिने विश्वास व्यक्त गर्नु भएको थियो ।

मन्त्रिपरिषद् बैठकमै प्रधानमन्त्रीबाट त्यस्तो सन्देश आएपछि मन्त्रीहरूले मन्त्रिपरिषद् छिटै पुनर्गठन हुन लागेको निकटस्थलाई बताएका छन् ।

आगामाी सोमबारसम्म मन्त्री परिषद् हेरफेर गर्ने तयारीमा प्रधानमन्त्री पुगेको बुझिएको छ । बिहीबार र शुक्रबार अध्यक्ष प्रचण्डसँग छलफल गरेका प्रधानमन्त्री ओलीले आज पनि त्यसलाई निरन्तरता दिने उहाँको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्