Main News

दशैँको मुखमा घर छाडेर भारत जानेको लर्को, आउनेभन्दा जाने चार गुणा बढी (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज ९ गते २०:३४
दशैँको मुखमा घर छाडेर भारत जानेको लर्को, आउनेभन्दा जाने चार गुणा बढी (भिडियोसहित)

९ असोज, २०७७, धनगढी । विगतका वर्षमा असोज लागेपछि पश्चिमी सिमा नाका गौरीफन्टा र गड्डाचौकी भएर दशैंतिहार मान्न घर फर्किनेको लर्को हुन्थ्यो । बर्षभरी मुग्लानमा पसिना बगाएका नेपाली दशगजामा पुग्दा दंग हुन्थे ।

तर अहिले ति सुदूरपश्चिमका अनुहार र पश्चिमी सीमा नाकाको दृश्य फेरिएको छ। अहिले स्वदेश फर्किनको संख्याभन्दा रोजगारीका लागि भारत जानेको संख्या चार गुणा बढी छ ।

केही समय पहिले कोरोना महामारीमा भारतबाट ज्यान जोगाउन आएका नेपाली अहिले भोकले ज्याने त्रासले पुन उतै फर्किन बाध्य छन् । यसअघि यो बेला दशैँ मनाउन भारतबाट आउनेको लर्को सीमा नाकामा देखिन्थ्यो । तर यसपटक भने जानेको संख्या धेरै छ । कोरोनाकै प्रभावकाबीच केही महिना अघि घर फर्किएका
सुदूरपश्चिमका नागरिक अहिले विभिन्न नाका हुँदै भारत गइरहेका छन् ।

यसअघि कहिल्यै भारत नगएका पनि यो पटक रोजगारीका लागि मुग्लान पसेका छन् । स्थानीय र प्रदेश सरकारले रोजगारीको वातावरण बनाउला भन्ने विश्वास नभएकाले दशैंको मुखमै घर छाड्नु परेको युवाको गुनासो छ ।

झण्डै पाँच महिनाको स्वदेश बसाईपछि घरखर्च चलाउनसमेत नसकिने र परिवारको प्राण धान्न नसकिने भएकाले भारततिर लागेको कतिपयको दुखेसो छ ।

असोज शुरु भएपछि मात्र सुदूरपश्चिमका झण्डै ६ हजार नागरिक गौरीफन्टा नाकाबाट भारत पसेका छन् । धनगढी उपमहानगरपालिका सीमा हेल्थ डेस्कले २ सातायता भारत जाने नेपालीको संख्या उच्च रहेको जनाएको छ ।

विश्वमा कोरोना भारइसको महामारी शुरु भएपछि रोजगारीका लागि भारत लगायत अन्य मुलकबाट धेरै नेपाली स्वदेश फर्किएका थिए । स्वदेश फर्किएकालाई रोजगारी दिने भन्दै सरकारमा बसेकाहरुले भाषण पनि दिए । तर काम भने केहि पनि भएन । त्यसैले अहिले चाडबाडका बेला कोरोनाको समेत चिन्ता नगरी हजारौं नागरिक फेरि भारत तिर लागेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *