संविधान र कानून बनाएरभन्दा पनि सही कार्यान्वयन हुनुपर्छः सभामुख सापकोटा
९ असोज, २०७७ काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संविधान र कानून बनाएर मात्रै नहुने भन्दै तिनको सही कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभएको छ ।
बनेका कानून कार्यान्वयन भएमात्रै सुशासनको प्रत्याभूति हुनसक्ने सापकोटाले बताउनुभयो । त्यसका लागि राज्यले विशेष ध्यान दिनसक्नपर्नेुमा सभामुख सापकोटाको जोड दिनुभयो ।
नेपालको लोकतन्त्र अझै पनि संस्थागत र परिपक्क नभईसकेको भन्दै यसलाई बलियो बनाउने धेरै मेहनत गनुपर्ने आवश्यकता रहेको सभामुख सापकोटाको बुझाई छ ।
संसदलाई प्रभावकारी बनाउन रचनात्मक र गहन छलफल गर्नुपर्ने पनि सभामुख सापकोटाले बताउनुभयो । संसदमा राम्रो छलफल भए लोकतन्त्र पनि बलियो हुने उहाँले बताउनुभयो ।
लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र मात्रै हुने भन्दै सभामुख सापकोटाले सबैले त्यसका लागि मेहनत गर्नुपर्नेमा पनि जोड दिनुभयो ।
प्रतिक्रिया