Main News

लक्षण देखिएकाको मात्र कोरोना परीक्षण गर्न सरकारी प्रयोगशालालाई निर्देशन

हिमालय टिभी
२०७७ असोज ९ गते १८:१७
लक्षण देखिएकाको मात्र कोरोना परीक्षण गर्न सरकारी प्रयोगशालालाई निर्देशन

९ असोज, २०७७ काठमाडौं । स्वास्थ्य मन्त्रालयले लक्षण भएका व्यक्तिको मात्रै कोरोना परीक्षण गर्न सरकारी प्रयोगशालालाई पुनः निर्देशन दिएको छ ।

परीक्षणका लागि सरकारी अस्पतालमा लामो लाइन लागिरहेका बेला मन्त्रालयले लक्षण नभएकाको परीक्षण नगर्न निर्देशन दिएको हो ।

प्रवक्ता डाक्टर जागेश्वर गौतमले ज्वरो आएका, श्वास फेर्न गाह्रो भएका, ६० वर्ष नाघेका, संक्रमण रोकथाममा अग्रपंक्तिमा खटिएकाको मात्रै पीसीआर परीक्षण गर्नुपर्ने बताउनुभयो ।

त्यस्तै चिकित्सकको सल्लाह अनुसार सिकिस्त बिरामीको डिस्चार्ज गर्न वा आफ्नै खर्चमा कूटनीतिक नियोग वा भिषा प्रयोजनका लागि मात्रै पीसीआर परीक्षण गर्न पनि मन्त्रालयले भनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *