Main News

उपत्यकामा ६३७ सहित ११७२ जना कोरोना संक्रमित थपिए, थप सात जनाको मृत्यु

हिमालय टिभी
२०७७ असोज ७ गते १६:३५
उपत्यकामा ६३७ सहित ११७२ जना कोरोना संक्रमित थपिए, थप सात जनाको मृत्यु

७ असोज, २०७७ काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ७ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ३६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ महिला र ६ पुरुषको कोरोनाबाट मृत्यु भएको हो । झापामा ८६ वर्षीय, सिरहामा ५० वर्षीय र काठमाडौंमा १६ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको छ ।

यस्तै ललितपुरमा ७४ वर्षीय, बर्दियामा ६५ र ३९ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको हो । काठमाडौंमा ६८ वर्षीया महिलाको पनि कोरोनाबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

आज नेपालमा १ हजार १ सय ७२ जना नयाँ संक्रमित थपिएका छन् । ९ हजार ४ सय ४९ पीसीआर परीक्षण भएकोमा ४ सय २६ महिला र ७ सय ४६ पुरुषमा संक्रमण देखिएको छ ।

काठमाडौंमा ४ सय ९२, भक्तपुरमा ९५ र ललितपुरमा ५० जनामा संक्रमण देखिएको छ ।
आज देशभरी सक्रिय संक्रमितको संख्या १७ हजार ४ सय १४ जना रहेको छ ।

प्रदेश नम्बर १ मा ४१, प्रदेश नम्बर २ मा ८ सय ६३, बागमती प्रदेशमा ४ हजार ६ सय ५० र गण्डकी प्रदेशमा ६ सय ३६ जना संक्रमित संस्थागत आइसोलनमा रहेका छन् ।

यस्तै प्रदेश नम्बर ५ मा १ हजार ३ सय ५९, कर्णाली प्रदेशमा २ सय ८९ र सुदूरपश्चिम प्रदेशमा ३ सय ९० गरी देशभरी संस्थागत आइसोलेसनमा ८ सय २ सय २८ जना संक्रमित रहेका छन् ।

आज होम आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार ५ सय २२, प्रदेश नम्बर २ मा ७ सय २५, बागमती प्रदेशमा ५ हजार ५ सय १६ र गण्डकी प्रदेशमा २ सय ८६ जना रहेका छन् ।

यस्तै प्रदेश नम्बर ५ मा ७ सय १७, कर्णाली प्रदेशमा २ सय २५ र १ सय ९५ जना गरी देशभरी ९ हजार १ सय ८६ जना संक्रमित होम आइसोलेसनमा रहेका छन् । आइसीयुमा २ सय २० र भेन्टिलेटरमा ४३ जना संक्रमित उपचाररत रहेका छन् ।

आज १ हजार ८ सय ९३ जना डिस्चार्ज भएका छन् । आजसम्म प्रदेश नम्बर १ मा ४ हजार ५ सय १६, प्रदेश नम्बर २ मा १२ हजार ७ सय ६०, बागमती प्रदेशमा १२ हजार ८ सय १२ र गण्डकी प्रदेशमा २ हजार ९ सय ४१ जना डिस्चार्ज भएका छन् ।

यस्तै प्रदेश नम्बर ५ मा ७ हजार ७ सय ७५, कर्णाली प्रदेशमा २ हजार ७ सय ८२ र सुदूरपश्चम प्रदेशमा ६ हजार ३ सय ६८ गरी आजसम्म ४९ हजार ९ सय ५४ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *