मकवानपुरमा पहिरोले जिप पुरिँदा एक जनाको मृत्यु

हिमालय टिभी
२०७७ असोज ७ गते १४:३८
मकवानपुरमा पहिरोले जिप पुरिँदा एक जनाको मृत्यु

७ असोज, २०७७, मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा पहिरोले स्कारपियो जिप पुरिँदा एक जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको बा १७ च ४८७४ नम्बरको जिप इन्द्रसरोवर गाउँपालिका वडा नम्वर २ देउराली नजिक पहिरोले पुरेको हो ।

एकजनाको मृत्यु भएको र उनको पहिचान नखुलेको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ । फाइल तस्वीर

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *