Main News

डाक्टर गोविन्द केसीमाथि विमानस्थलमै भयो यस्तो ज्यादत्ति (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज ६ गते १९:३३
डाक्टर गोविन्द केसीमाथि विमानस्थलमै भयो यस्तो ज्यादत्ति (भिडियोसहित)

६ असोज, २०७७ काठमाडौं । काठमाडौं आएका डाक्टर गोविन्द केसीलाई विमानस्थलबाट अस्पताल लैजाँदा सरकारले जबर्जस्ती गरेको छ । नेपालगञ्जबाट आएका केसी सिधै शिक्षण अस्पताल जान चाहनुहुन्थ्यो तर प्रहरीले बल प्रयोग गरी केसीलाई ट्रमा सेन्टर पुर्‍यायो । त्यसक्रममा उहाँमाथि दुर्व्यवहार समेत भएको छ ।

बुद्ध एयरको फ्लाइटबाट करिब १ बजे डाक्टर गोविन्द केसी काठमाडौं‌ आइपुग्नुभयो । बाहिर निस्किँदा शिक्षण अस्पतालको एम्बुलेन्स देखेपछि शिक्षण् अस्पताल जाने भनेर केसी सिधै एम्बुलेन्समा चढ्नुभयो ।

तर शिक्षण अस्पतालका पूर्व प्राध्यापक केसीलाई त्यो एम्बुलेन्स आफूलाई शिक्षण अस्पताल लैजान आएको होइन भन्ने त्यतिबेला थाहा पाउनुभयो, जतिबेला विमानस्थल गेटबाट एम्बुलेन्सले बाटो मोड्यो । किनकी केसीलाई शिक्षण अस्पताल होइन ट्रमा सेन्टर लगिँदै थियो ।

डाक्टर केसीले शिक्षण अस्पताल जान पाउ भनेपनि सुनुवाई भएन, एम्बुलेन्स ट्रमा सेन्टरतिर लाग्यो । एम्बुलेन्स आफ्नै गतिमा हुँकिदै ट्रमा सेन्टरमा रोकियो।

रोकिएको एम्बुलेन्सको ढोका खोल्दै डाक्टर केसीलाई प्रहरीले उत्रिन भने। तर डाक्टर केसीले मान्नुभएन ।

प्रहरीले एम्बुलेन्सभित्रै टाउको छिराउँदै केसीलाई कोरोना भाइरसको डर देखाए। तर पनि डाक्टर केसीले एम्बुलेन्सबाट ओर्लिन मान्नुभएन ।
प्रहरीले एम्बुलेन्सभित्रै पसेर हातमा लगाएको सलाइनसमेत तान्दै जबरजस्ती गरे। केसीले शिक्षणमै जाने अडान छोड्नु भएन ।

शिक्षण अस्पतालमा कोरोनाको जोखिम छ भन्दै प्रहरी एम्बुलेन्सभित्र पसे । र केसीलाई दिइएको स्लाइनसहित पाखुरामा समातेर ताने
डाक्टर केसीले प्रतिवाद गर्नुभयो ।

तर प्रहरीले लतार्दै एम्बुलेन्सबाट केसीलाई झारे। त्यसपछि आक्रोशित डाक्टर केसीले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गर्नुभयो ।

बल प्रयोग गरेरै प्रहरीले केसीलाई राष्ट्रिय ट्रमा सेन्टर पुर्‍याएरै छोडे। बेडमै पुगेर पनि डाक्टर केसीले प्रधानमन्त्री ओलीविरुद्ध आक्रोश व्यक्त गर्नुभयो ।

भित्र लगेपछि ट्रमा सेन्टरमै ठूलो संख्यामा प्रहरी परिचालन गरी डाक्टर केसीलाई कडा सुरक्षा पहरामा राखियो ।

डा.गोविन्द केसी यसरी हिडे ट्रमा सेन्टर बाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *