Main News

ट्रमा सेन्टरबाट स्वेच्छिक डिस्चार्ज लिएका डा. गोविन्द केसी शिक्षण अस्पतालमा

हिमालय टिभी
२०७७ असोज ६ गते १८:५४
ट्रमा सेन्टरबाट स्वेच्छिक डिस्चार्ज लिएका डा. गोविन्द केसी शिक्षण अस्पतालमा

६ असोज, २०७७ काठमाडौं । अनसनसरत डाक्टर गोविन्द केसीले ट्रमा सेन्टरबाट स्वेच्छिक डिस्चार्ज लिनुभएको छ ।

आज नेपालगन्जबाट काठमाडौं आएका उनले टिचिङ अस्पताल जान खोजे पनि प्रहरीले जबर्जस्ती ट्रमा सेन्टर पुर्‍याएको थियो।

दिउँसो ट्रमा सेन्टर पुर्‍याइएका डा केसीले साँझ सवा ६ बजे स्वेच्छिक डिस्चार्ज लिनु भएको हो ।

ट्रमा सेन्टरमा डा केसीका समर्थकले ‘वि आर विथ जिकेसी’ ‘डा केसी एक्ला छैनौ, हामी तिम्रो साथ छौ’ लगायतका नारा लगाएका थिए।

ट्रमाबाट डिस्चार्ज भएका डा केसी अहिले त्रिवि शिक्षण अस्पताल (टिचिङ) महाराजगन्ज पुग्नु भएको छ।

जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ८ दिन अनशन बसेपछि डाक्टर केसी सरकारले बल प्रयोग गर्न सक्ने भन्दै काठमाडौं आउन तयार हुनु भएकाे थियाे । केसीले चिकित्सा शिक्षा सुधार, यसअघिका सहमति कार्यान्वयन, जुम्लामा एमविविएस पढाइ लगायतका माग गरेर भदाै २९ गतेदेखि अनसन शुरु गर्नुभएकाे हाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *