करेन्ट लागेर वडाध्यक्ष निमराज तामाङको मृत्यु
२०७७ असोज ६ गते १३:५३
६ असोज, २०७७, सोलुखुम्बू । सोलुखुम्बु माप्य दुधकोशी गाँउपालिका–५ का वडा अध्यक्ष ३९ वर्षीय निमराज तामाङको करेन्ट लागेर मृत्यु भएको छ ।
आज बिहान साढे ८ बजे आफ्नै घरमा रड लिएर छतमा गएकोमा रडले अचानक बिजुलीको नाङ्गो तारमा छुँदा उनलाई करेन्ट लागेको थियो ।
करेन्ट लागेर बेहोस भएका वडा अध्यक्ष तामाङको जिल्ला अस्पताल फाप्लुमा उपचारको क्रममा बिहान ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बूले जनाएको छ ।
प्रतिक्रिया