Political Hightlights

नेकपा सचिवालय बैठक आज बस्दै, मन्त्री हेरफेरका विषयमा छलफल हुने

हिमालय टिभी
२०७७ असोज ६ गते ८:०२
नेकपा सचिवालय बैठक आज बस्दै, मन्त्री हेरफेरका विषयमा छलफल हुने

६ असोज, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्दै छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मध्यान्ह साँढे १२ बजे बस्ने बैठकमा मन्त्रिपरिषद् पूनर्गठनका विषयमा छलफल हुने छ ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो पेश गर्नुभएको विकल्पमाथि ठोष निश्कर्ष निकाल्ने तयारी छ । आइतबार पेरिसडाँडामा बसेको बैठकमा प्रधानमन्त्री ओलीले मन्त्री परिवर्तनका लागि तिन विकल्प पेश गर्नु भएको थियो ।

प्रधानमन्त्रीले पुरै सेट परिवर्तन गर्ने वा केही मन्त्री परिवर्तन गर्ने वा खाली रहेका मन्त्रालयमा मात्र मन्त्री नियुक्त गर्ने विकल्प पेश गर्नुभएको थियो । हिजोका लागि तय भएको बैठक स्थगित गरेर प्रधानमन्त्री ओलीले पार्टी अध्यक्ष प्रचण्डसँग छलफल गर्नुभएको थियो ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले स्थायी कमिटीले भने अनुसार मन्त्रिपरिषद पूनर्गठन गर्ने निर्णय भएको जानकारी दिँदै यसबारेमा आज थप छलफल हुने बताउनुभएको छ ।

आजको बैठकमा संवैधानिक नियुक्तिका लागि सरकारलाई सुझाव दिनका लागि आधार बनाउनेबारे छलफल गर्ने हुनेछ ।

यस्तै सांगठनिक एकीकरणका बाँकी काम पुरा गर्ने, स्थायी र केन्द्रीय कमिटीमा पदपूर्ति गर्ने लगायतका विषयमा पनि छलफल हुने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्