Main News

उडान शुरु भएको पहिलो दिन विमानस्थलमा यस्तो चाप (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज ५ गते २०:१९
उडान शुरु भएको पहिलो दिन विमानस्थलमा यस्तो चाप (भिडियोसहित)

५ असोज, २०७७ काठमाडौं । कोरोना संक्रमणको जोखिम बढेको भन्दै झन्डै ६ महिनादेखि बन्द गरिएको आन्तरिक हवाई उडान आज‍ सुरु भएको छ । लामो समयदेखि हवाई सेवा बन्द रहँदा विभिन्न क्षेत्रमा अड्किएका यात्रुका कारण सेवा खुलेको पहिलो दिन नै विमानस्थलहरुमा यात्रुको चाप देखिएको छ । उडान शुरु भएपछि यात्रु र व्यवसायी खुसी छन् ।

चैत ११ गतेदेखि बन्द आन्तरिक हवाई उडान खुलेसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहितका देशभरका विमानस्थलमा यात्रुको चाप देखिएको छ । लामो समयसम्म रोकिएको आन्तरिक उडान सुरु भएसँगै यात्रु र व्यवसायी दुबै खुशी छन् ।

पहिलो दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ वटा विमान कम्पनीले ५० वटा उडानको अनुमती पाएका थिए। पहिलो दिन विभिन्न ठाउँमा अड्किएका, धेरै बिरामी, सुत्केरी, वृद्धवृद्धा आ–आफ्नो गन्तव्यमा गए ।

भदौ १६ देखि सर्तसहित अन्तर्राष्ट्रिय हवाई उडान खोलेपनि आन्तरिक उडान भने बल्ल सञ्चालनमा आएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा स्वास्थ्य सावधानी र जाँचको व्यवस्था मिलाइएको छ ।

विमानमा अनिवार्य मास्क लगाउनुपर्नेछ । कोभिडसँग मिल्दोजुल्दो कुनै लक्षण भएका यात्रुलाई हवाई उडानमा पूर्ण निषेध गरिएको छ ।

सामान्य अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक करिब ३ सय आन्तरिक हवाई उडान हुँदै आएको थियो । तर पहिलो चरणमा त्यसको २५ प्रतिशतमा मात्र उडान अनुमती दिइएको छ ।

सीमित उडानले गर्दा समेत विमानस्थलमा यात्रुको चाप देखिएको हो । यात्रुको चापसँगै कोरोना संक्रमण समेत उच्च रहन्छ । त्यसैले बल्ल बल्ल खुलेको आन्तरिक हवाई उडान फेरि बन्द गर्नुपर्ने अवस्था आउन नदिन विमान कम्पनी, कर्मचारी र यात्रु दुबैले स्वास्थ्य सावधानी पूर्णरुपमा पालना गर्नुपर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *