Main News

पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो

हिमालय टिभी
२०७७ असोज २ गते १३:११
पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो

२ असोज, २०७७ चितवन । पहिरोका कारण अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक खुलेको छ ।

तीन ठाउँमा खसेको पहिरो हटाएर यातायात दुईतर्फी रुपमा संचालन गरिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनले पहिरो पन्छाएपछि बिहान १० बजेदेखि बाटो खुलेको जनाएको छ ।

नारायणगढ–मुग्लिन सडकको १४ किलो, १७ किलो र घुमाउनेमा पहिरो जाँदा आज बिहान पौने ६ बजेदिखि सडक अवरूद्ध भएको थियो ।

लगातारको वर्षाका कारण पछिल्ला केहीदिनयता नारायणगढमुग्लिन सडकखण्ड दिनहुँजसो अवरुद्ध हुने गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *