सामूहिक बलात्कारमा संलग्न दुई जना पक्राउ, फरार दुई जनाको खोजी हुँदै

हिमालय टिभी
२०७७ असोज २ गते १२:४६
सामूहिक बलात्कारमा संलग्न दुई जना पक्राउ, फरार दुई जनाको खोजी हुँदै

२ असोज, २०७७, सप्तरी । सप्तरीको डाकनेश्वरी नगरपालिकाकी किशोरीको सामूहिक बलात्कारका मुख्य दुई आरोपी जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्थानीय १८ वर्षीय बल्लु भनिने सुमन कुमार मण्डल र रन्जित मण्डल छन् ।

उनीहरुलाई बलान बिहुल गाउँपालिकाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी तिलक भारतीले जानकारी दिनुभयो । फरार दुई जनाको खोजी भइरहेको छ ।

गत भदौ २९ गते धानखेतमा पानी लगाउन गएकी किशोरीलाई चार जना युवाले सामूहिक बलात्कार गरेका थिए ।

गाउँका अगुवाले केही नगद दिएर घटना मिलापत्र गर्न दबाव दिएपछि विक्षिप्त किशोरीले आत्महत्या गरेकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *