४ वर्षदेखि बालक काठको खोरमा (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज १ गते २०:५४
४ वर्षदेखि बालक काठको खोरमा (भिडियोसहित)

१ असोज, २०७७, रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिकामा एक बालक ४ वर्षदेखि काठको खोरमा थुनिँदै आएका छन् । मानसिक सन्तुलन ठिक नभएका बालकको उपचार गर्दा निको हुन नसकेपछि परिवारले नै काठको खोर बनाएर थुनेका हुन् ।

रोल्पाको त्रिवेणी गाउँपालिका वडा नम्वर ५ लापडाँडाका १२ वर्षका तिलक खत्री ४ वर्षदेखि यसरी काठको खोरमा थुनिएका छन् ।

मानसिक सन्तुलन ठिक नभएका यी बालकलाई उपचारका लागि भारत पुर्‍याइएको थियो । तर,निको भएन । जन्मजात नै अशक्त रहेका तिलकको उपचारमा ठुलो रकम खर्च भएकाले खोरमा थुन्नुको विकल्प नभएको परिवारको दुखेसो छ ।

३ छोरी र १ छोरा रहेको यो परिवार आर्थिक अभावका कारण सहयोगको अपेक्षामा छ । छोराको मानसिक सन्तुलन ठिक नहुँदा तिलकका बुवा, आमा झनै विक्षिप्त हुने गरेका छन् । छोराले आफ्नै दिसा पिसाव खान थालेपछि उसलाई घरभन्दा पर गोठको छेउमा राखिएको छ ।

आर्थिक अभावका कारण थप उपचारका लागि परिवारले कतै लगेका छैनन् । समस्यामा परेका यस्ता परिवारलाई राज्यले नै उपचारको व्यवस्था गर्न सके राहत पुग्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *