Main News
भरतपुरमा गरिएको परीक्षणमा चितवनका ७८ सहित थप १०२ जनामा कोरोना संक्रमण पुष्टि
२०७७ असोज १ गते १५:११
१ असोज, २०७७ काठमाडौं । भरतपुरमा गरिएको परीक्षणमा चितवनका ७८ सहित १ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मेडिकल कलेजको कोभिड ल्याबमा गरिएको परिक्षणमा भरतपुर महानगरपालिकाका ५४ जना, रत्ननगरका १९ , खैरहनीका ४ र राप्ती नगरपालिकाका १ जनामा संक्रमण देखिएको हो । २४ जना अन्य जिल्लाका रहेको चितवन मेडिकल कलेजले जनाएको छ ।
यस्तै, गण्डकी प्रदेशमा थप २८ जनामा संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमित नवलपुरमा १२, कास्कीका ९, बाग्लुङका ४, गोरखाका २ र तनहुँका १ जना छन् । प्रदेशमा संक्रमितको संख्या ३ हजार २ सय ६ पुगेको छ ।
प्रतिक्रिया