Main News

अब कोरोना संक्रमणबाट मृत्यु भएकाको श्वाब परीक्षण नगरिने

हिमालय टिभी
२०७७ भदौ ३१ गते १७:०२
अब कोरोना संक्रमणबाट मृत्यु भएकाको श्वाब परीक्षण नगरिने

३१ भदौ, २०७७ काठमाडौं । सरकारले मृत्यु भइसकेकामा अब कोरोना संक्रमण भए नभएको परीक्षण नगर्ने भएको छ ।

यसअघि धेरै जनामा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएकोमा सरकारले अहिले नयाँ व्यवस्था गरेको हो ।

स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले आइन्दा मृत्यु भइसकेपछि कोरोना परीक्षण नगर्ने निर्णय भएको जानकारी दिनुभएको हो ।

शंकाष्पद मृतकको मलामी गएकाहरु अनिवार्य रुपमा १४ दिन क्वारन्टिनमा बस्नुपर्ने व्यवस्था गरिएको छ ।

यस्तै सबै प्रयोगशालाले नेगेटिभ आएका नमुना एक महिना र पोजेटिभ आएकाको तीन महिनासम्म सुरक्षित राख्नुपर्ने निर्णय पनि सरकारले गरेको छ ।

सिटी भ्यालु उल्लेख गरेर मात्रै रिपोर्ट दिन पनि मन्त्रालयले प्रयोगशालालाई निर्देशन दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *