Main News

पाेखराकाे कुरा: पार्क गौचरन बन्दा मूर्ति बेबारिसे (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ ३१ गते ६:२४
पाेखराकाे कुरा: पार्क गौचरन बन्दा मूर्ति बेबारिसे (भिडियोसहित)

३१ भदौ, २०७७ पोखरा । पर्यटकीय नगरी पोखराको फेवातालस्थित कोमागाने पार्कमा बनाइएका मूर्ति संरक्षणको अभावमा जीर्ण बन्दै गएका छन् । एकातिर मूर्तिको बेहाल छ भने अर्कोतिर पार्क गौचरनमा परिणत भएको छ ।

झट्ट हेर्दा म्यूजियम जस्तो लाग्ने पोखराको फेवातालस्थित कोमागाने पार्क सात वर्षअघि निकै आकर्षक देखिन्थ्यो । करिब १ करोडको लागतमा नेपाल प्रज्ञा प्रतिष्ठान र पोखरा पर्यटन परिषद्को समन्वयमा १४ जना मूर्तिकारले बनाएका मूर्तिले हेर्न यहाँ भिँडभाड नै हुन्थ्यो । तर हिजोआज पार्क सुनसान मात्रै छैन, संरक्षणको अभावमा गौचरन बनेको छ ।

पार्कभरी विभिन्न नाग, साँढे, प्रसव बेथामा रहेकी महिला, मानिस, बुद्ध, हिमाल लगायतका ढुङ्गाका आकर्षक मूर्ति छैन । यिनै कलामा मान्छेहरु रमाउँथे ।

पार्क स्थायीन तह अन्तर्गत पोखरा महानगरपालिकाको जिम्मामा छ । तर स्थिति बेहाल छ । सात वर्षसम्म संरक्षणमा ध्यान नदिएको महानगरपालिका अहिले भने आफ्नो ध्यानाकर्षण भएको बताउँछ । मूर्तिको स‌ंरक्षणमा लाग्ने महानगरको प्रतिवद्धता छ । ।

महानगरपालिकाले अलपत्र मूर्तिको मात्रै होइन पार्कको संरक्षणमा पनि लाग्ने वचन दिएको छ । पार्क धार्मिक र पर्यटकीय स्थल भएकाले सम्रगमा व्यवस्थित बनाउने उसको दावी छ ।

ठूलो लगानीमा बनाइएका यस्ता कला र पर्यटकीय क्षेत्रमा ध्यान जान नसक्नु दुखद कुरा हो । पोखरा महानगरले बोली अनुसार व्यवहार गरेर यसको छिटै सरंक्षणमा गरोस् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *