Main News

कुलमानकाे विदाइ : यस्ताे सुझाव दिएर गए (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ ३० गते २०:२१
कुलमानकाे विदाइ : यस्ताे सुझाव दिएर गए  (भिडियोसहित)

३० भदौ, २०७७ काठमाडौं । विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले चार वर्षे कार्यकाल सकिएपछि आज औपचारिक रुपमा विदाई लिनुभएको छ ।

विदाई समारोहमा भावुक देखिएका घिसिङले आगामी दिनमा पनि देश र जनताकै सेवा गर्ने प्रतिबद्धता जनाउनुभयो । विदाइ कार्यक्रममा उहाँले प्राधिकरणका आगामी चुनौति उल्लेख गर्दै एकै व्यक्ति सधैभरी नेतृत्वमा रहिरहनपर्छ भन्ने नरहेको समेत बताउनुभयो ।

विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयमा आयोजित विदाई कार्यक्रममा कर्मचारीले घिसिङलाई विदाइ गरे । प्राधिकरणलाई गर्व गर्न लायक संस्था बनाएकोमा कर्मचारीले घिसिङको प्रशंसा गरे । त्यसपछि मन्तव्य राखेका घिसिङले लोडसेडिङ हटाएर वर्षौँदेखि घाटामा रहेको प्राधिकरणलाई नाफामा लैजान सकेकोमा सन्तोष व्यक्त गर्नुभयो ।

आर्थिक वर्ष २०७२–७३ मा ३४ अर्ब ६१ करोड संचित घाटा रहेको प्राधिकरण अहिले ५ अर्ब संचित नाफामा पुगेको छ । विद्युत् चुहावट नियन्त्रण, पहुँच वृद्धि, प्रशासनिक सुधार र भारतबाट भइरहेको आयातलाई ३५ प्रतिशतबाट घटाएर २२ प्रतिशतमा झार्नुलाई घिसिङले आफ्ना प्रमूख उपलब्धि बताउनुभयो ।

ट्रंक र डेडिकेटेड नामक महँगो फिडर हट्नु, विद्युत महशुल घट्नु, अन्तरदेशीय प्रसारण लाइनको क्षमता १ हजार सय मेगावाट पुग्नु पनि कुलमानले गरेका सकारात्मक काम हुन् ।

केही आयोजनाको काम अधुरै रहेको भन्दै आगामी दिनमा प्राधिकरणमा थुप्रै चूनौति रहेको कुलमानको बुझाई छ । सबै कामको जस आफूले लिएको भनेर लगाइएको आरोपको भने उहाँले प्रतिवाद गर्नुभयो ।

उहाँले अहिलेसम्म कहिं कतै बोल्दा आफुले मात्रै जस लिने गरी नबोलेको समेत प्रस्ट पाुर्नभयो । आगामी दिनमा पनि यसरी नै देश र जनताका पक्षमा काम गर्ने उहाँको प्रतिवद्धता छ ।

जाँदाजाँदै घिसिङले सम्पूर्ण नेपाली जनता प्रेरणाको स्रोत भएको बताउनुभयो । दोस्रो कार्यकालका लागि नियुक्त नगरिएपछि कुलमानले यहि भदौ २९ गते अवकास पाउनुभएको हो । उहाँलाई पुन नियुक्तिका लागि जनस्तरबाट चर्को दबाब भए पनि सरकारले बेवास्ता गरेको छ । कुलमानको विदाइसँगै प्राधिकरण अहिले नेतृत्वविहीन छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *