Main News

सभामुख सापकोटा र नेपालका लागि पाकिस्तानी राजदूतबीच शिष्टाचार भेट

हिमालय टिभी
२०७७ भदौ ३० गते १४:४७
सभामुख सापकोटा र नेपालका लागि पाकिस्तानी राजदूतबीच शिष्टाचार भेट

३० भदौ, २०७७ काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि पाकिस्तानी राजदुत मजहर जाबेदबीच आज शिष्टाचार भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा दुई देशबीचको सम्बन्ध, सहकार्य र आपसी हितका विषयमा छलफल भएको हो ।

भेटमा सभामुख सापकोटाले नेपाल र पाकिस्तानबीच ६० बर्ष लामो मैत्रिपूर्ण सम्बन्ध रहेको र दुई देशबीचको सम्बन्धमा समस्या नरहेको चर्चा गर्नुभयो । उहाँले मानवजातिलाई परेको कोरोना संकट पार गर्न सबै मिलेर लड्नुको विकल्प नभएकोमा जोड दिंदै पाकिस्तानले कोरोना नियन्त्रणका लागि गरेको प्रयासको प्रशंसा गर्नुभयो ।

सभामुख सापकोटाले कोरोनाको अन्त्यपछि दुई देशका संसदबीचको सहकार्य र थाती रहेका अन्य विषयहरु अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

चार बर्षे कार्यकाल सकेर स्वदेश फर्कन लाग्नुभएका राजदुत जाबेदले नेपाल बसाइका क्रममा संघीय संसदबाट भएको सहयोगप्रति आभार प्रकट गर्नुभयो ।

उहाँले कोरोनाका कारण सात महिनायता दुई देशका संसदबीचको नियमित कामसमेत हुन नसकेको चर्चा गर्दै कोरोनाको अन्त्यपछि सम्बन्ध विस्तृत र व्यापक हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *