गण्डकी प्रदेशमा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि
३० भदौ, २०७७, पोखरा । गण्डकी प्रदेशमा थप ४७ जना कोरोना संक्रमित थपिएका छन् ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, क्षयरोग उपचार केन्द्र पोखरा र चितवन मेडिकल कलेज चितवनमा गरिएको पछिल्लो परीक्षणमा प्रदेशका ७ जिल्लाका ४७ जनामा संक्रमण पुष्टि भएको हो ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, क्षयरोग उपचार केन्द्र पोखरा र चितवन मेडिकल कलेज चितवनमा गरिएको पछिल्लो परीक्षणमा प्रदेशका ७ जिल्लाका ४७ जनामा संक्रमण पुष्टि भएको हो ।
थपिएका संक्रमितमध्ये नवलपरासी पूर्वका २० जना, स्याङजाका १२ जना, तनहुँका ९ जना, कास्कीका ३ जना, गोरखाका, लमजुङ र मनाङका एक(एकजना छन् ।
पोखरा महानगरपालिकाकी एक जना संक्रमित ३२ वर्षीया महिला सिर्जनाचोक पोखरामा रहेको मेट्रोसिटी अस्पतालमा कार्यरत सफाइ कर्मचारी हुन्। संक्रमित १० देखि ७० वर्ष उमेर समूहका छन् ।
प्रतिक्रिया