Main News

कुलमानको पुनःनियुक्तिसम्बन्धी प्रस्ताव प्रधानमन्त्री ओलीद्वारा अस्वीकार

हिमालय टिभी
२०७७ भदौ ३० गते ७:३६
कुलमानको पुनःनियुक्तिसम्बन्धी प्रस्ताव प्रधानमन्त्री ओलीद्वारा अस्वीकार

३० भदौ, २०७७ काठमाडौं । कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्त गर्ने उर्जा मन्त्रालयको प्रस्ताव प्रधानमन्त्री केपी शर्मा ओलीका कारण रोकिएको छ ।

उर्जा मन्त्रालयका तर्फबाट कुलमानलाई नियुक्त गर्ने प्रस्ताव प्रधानमन्त्रीसमक्ष पुगे पनि मन्त्रिपरिषद् बैठकमा प्रस्तावले प्रवेश पाएन । हिजो साँझ बसेको बैठकमा कुलमानको विषयमा कुरै नउठेको एक मन्त्रीले जानकारी दिए ।

उर्जा मन्त्रालयका अनुसार कुलमानलाई पुनः नियुक्तिका लागि मन्त्री वर्षमान पुनले आइतबार नै प्रधानमन्त्रीसमक्ष प्रस्ताव पठाउनु भएको थियो । तर, प्रधानमन्त्रीले यो प्रस्तावलाई एजेण्डामै चढाउनु भएन।

कुलमान घिसिङ ४ वर्षे कार्यकाल सकेर आइतबार बिदा हुनुभएको छ । २०७३ भदौ २९ मा कार्यकारी निर्देशक नियुक्त भएका कुलमानको ४ वर्षे कार्यकाल सकिएपछि प्राधिकरणमा अबको प्रमुखका रुपमा को आउँछन् भन्ने टुंगिएको छैन ।

प्रधानमन्त्रीले यसअघिदेखि नै मिडियामा चर्चा गरेका भरमा नियुक्ति नदिने बताउँदै आउनु भएको छ । कुलमानलाई दोहोर्याउन जनस्तरबाट पनि सरकारमाथि दबाव छ । घिसिङको पुनः नियुक्तिको माग गर्दै सोमबार माइतीघरमा प्रदर्शनसमेत भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *