Main News

गण्डकी ४७ र नारायणी अस्पतालमा गरिएको परीक्षणमा १८ जनामा कोरोना संक्रमण पुष्टि

हिमालय टिभी
२०७७ भदौ २९ गते १२:५५
गण्डकी ४७ र नारायणी अस्पतालमा गरिएको परीक्षणमा १८ जनामा कोरोना संक्रमण पुष्टि

२७ भदौ, २०७७ काठमाडौं । गण्डकी प्रदेशमा ४७ र नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश मा थप ४७ जनामा संक्रमण पुष्टि भएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा र चितवन मेडिकल कलेज, चितवन गरिएको परीक्षणमा गण्डकी प्रदेशका विभिन्न जिल्लामा ४७ संक्रमित थपिएका छन् ।

कास्कीका २०, तनहुँका १२ गोरखाका ९ नवलपरासीपूर्वका ४ र बाग्लुङका २ जनमा संक्रमण पुष्टि भएको हो ।

यस्तै, पर्सा र बाराको थप १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका ८ र बाराका १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

२९० जनाको स्वाबको नमुना परीक्षण गर्दा ५ महिलासहित १८ जनामा कोरोना संक्रमण देखिएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश कुमार चौरसियाले जानकारी दिनुभयो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *