Main News

आज चार प्रदेशका विभिन्न स्थानमा भारी वर्षा हुने

हिमालय टिभी
२०७७ भदौ २८ गते ९:१४
आज चार प्रदेशका विभिन्न स्थानमा भारी वर्षा हुने

२८ भदौ, २०७७ काठमाडौं । आज चार प्रदेशका विभिन्न स्थानमा भारी वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही ठाउँहरुमा मेघ गर्जन र चट्याङसहित ठूलो पानी भइरहेको छ । मनसुनी वायुको प्रभावका कारण पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति भने देशभर आंशिकदेखि सामान्य बदली भएर केही ठाउँमा भारी र केही ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्नेछ । मनसुनी वायुको प्रभाव रहिरहने हुनाले भोलि र पर्सि पनि पानी पर्ने सम्भावना रहेको छ ।

आज प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका एकरदुई ठाउँमा भारी वर्षाको सम्भावना भएकाले ती ठाउँका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *