Main News

नेपालका २१ वटा हिमताल फुट्ने खतरामा (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ २७ गते २०:५३
नेपालका २१ वटा हिमताल फुट्ने खतरामा (भिडियोसहित)

२७ भदौ, २०७७ काठमाडौं । नेपालको हिमालय क्षेत्रमा रहेका केही हिमताल फुट्ने जोखिम रहेकाले सतर्कता अपनाउन विज्ञले आग्रह गरेका छन् ।

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसीमोड) र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी)ले सार्वजनिक गरेको प्रतिवेदनले हिमताल फुट्ने खतरा देखाएको हो ।

जलवायु परिवर्तनका कारण नेपालका २१ वटा हिमताल फुट्ने खतरा रहेकाले सतर्कता अपनाउन विज्ञहरुले आग्रह गरेका छन् । शून्य दशमलव शुन्य २ वर्ग किलोमिटरभन्दा बढी क्षेत्रफल ओगट्ने १४ सय बढी हिमताल रहेकोमा नेपालका २१ वटा तालहरु जोखिममा छन् । त्यसमध्ये च्छो रोल्पा र इम्जा हिमताल बढी खतरामा छन् ।

प्रतिवेदनले नेपालबाहेक तिब्बती क्षेत्र र भारतमा समेत गरी ४७ वटा हिमताललाई खतराको सूचीमा राखेको छ । नेपालमा सबैभन्दा बढी कोशी बेसिन तथा तीनवटा गण्डकी र दुईवटा कर्णाली बेसिनका रहेको प्रतिवेदनमा उल्लेख छ ।

तिब्बत क्षेत्रमा २५ र भारतमा १ वटा हिमताल खतरामा छन् । कहिले फुट्न सक्छन् भनेर मिति तोक्ने सक्ने अवस्था नभए पनि तालको बनावट, पानीको आयतन, वरिपरिको संरचना र तटीय क्षेत्रमा रहेका बस्ती तथा संरचनाहरु जोखिममा रहेकाले सतर्क हुनुपर्ने अवस्था छ ।

अहिलेको अध्ययन भूउपग्रहले खिचेको तस्वीरको विश्लेषण हो । विगतमा च्छो रोल्पा र इम्दा हिमतालमा जल सतह घटाउने काम समेत भयो । जलवायु परिवर्तनसँग यसको सम्बन्ध भएकाले आगामी दिनमा जोखिम झन बढ्दै जाने देखिन्छ । अब पानीको सतह कम गर्दै पूर्व सूचना प्रणालीको विकास गर्नुपर्ने विज्ञको सुझाव छ ।

हिमतालहरु फुटेमा पहाडी क्षेत्रमा पानीको गति तीव्र हुने र यसले बाढीको खतरा निम्त्याउने उल्लेख गरिएको छ । नेपालको जलविद्युत क्षेत्रमा पनि यसले असर गर्ने सम्भावना छ । अध्ययनका क्रममा कोशी, गण्डकी र कर्णाली बेसिनमा ३ हजार ६ सय २४ वटा हिमताल पाइएको प्रतिवेदनमा उल्लेख छ । त्यसमध्ये २ हजार ७० वटा नेपाल, १हजार ५ सय ९ वटा तिब्बत र ४५ वटा भारतमा पाइएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *