निषेधाज्ञाले घरको चुल्हो बल्न छाडेपछि विषय सेवन गरेर आत्महत्या

हिमालय टिभी
२०७७ भदौ २७ गते १८:५३
निषेधाज्ञाले घरको चुल्हो बल्न छाडेपछि विषय सेवन गरेर आत्महत्या

२७ भदौ, २०७७ पर्सा । लामो लकडाउन र निषेधाज्ञा कारण घरमा चुल्हो बल्न छाडेपछि वीरगञ्जका एक युवाले विष खाएर आत्महत्या गरेका छन् ।

वीरगञ्ज–३१ बेल्वामा ३० वर्षीय सतन माझी बिहीबार विष सेवन गरी सिकिस्त बनेपछि उपचारका लागि इन्डो नेपाल हस्पिटलमा लगिएको थियो ।

माझीको हिजो बिहान उपचारकै क्रममा मृत्यु भएको हो । माझीको परिवारसँग अस्पताललाई तिर्ने पैसा नभएपछि शवको अन्त्येष्टिमा युवा समूह भाइजन अफ वीरगञ्जले समन्वय गरेर सहयोग गरेको छ ।

अहिले माझीको परिवार पीडामा छ । घर मुलीको निधन भएपछि परिवारमा दैनिक कसरी चलाउने भन्ने चिन्ता छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *