अब पाल्पामा पनि पीसीआर परीक्षण हुने
२०७७ भदौ २७ गते १५:५६

२७ भदौ, २०७७ पाल्पा । आगामी हप्तादेखि पाल्पामा पनि पीसीआर परीक्षण शुरु हुने भएको छ ।
जिल्ला समन्वय समितिको भवनमा निर्माण गरिएको ल्याबमा अत्याधुनिक मेसिन राख्न द्रुत्त गतिमा काम भैरहेको छ । अहिले भवनको भौतिक संरचना निर्माण भैरहेको र छिट्टै मेशिन जडान गरी परीक्षण शुरु गर्ने तयारी छ ।
यो मेशिनले एक घण्टामा ९६ वटासम्म स्वाब परीक्षण गर्न सक्ने बताइएको छ । मेसिनले राम्रोसँग काम गरे दैनिक ८ सयसम्म परीक्षण गर्न सकिने प्राविधिक बताउँछन् ।
यसबाट पाल्पासहित गुल्मी, स्याङ्जा, अर्घाखाँची, बागलुङलगायतका जिल्लामा संकलन हुने स्वाब परीक्षण पनि सहज हुनेछ ।
प्रतिक्रिया